कविताः एउटा सेतो कागज - क्षितिज






एउटा सेतो कागज,जो चाहन्छ दुनियाँ उ जस्तै सफेद होस्

निष्कलङ्क र बेदाग भएर उ स्वच्छ कलमद्वारा आफूमाथि लेखाउन चाहन्छ देश बदल्ने कथा

 

तर अफसोस रगत र काला धूवाँले लत्पतिएका कलमहरूले

उ माथि आफूखुसी बनाउछन् सूर्य र ताराका बिम्बहरू

 

तारा चम्किँदा उ माथि जबर्जस्ती बनाइन्छ सूर्य 

घाम चर्किदा उ माथि जबर्जस्ती बनाइन्छ तारा

र खबर फैलाइन्छ कि उ समय भन्दा उल्टो छ

 


आफूमाथि लागेका दागहरू मेटाउदै जब उ तङ्ग्रिएर सफा हुन्छ

फेरी रङ र भातका जुठोहरू पुछिन्छ टिस्यु बनाएर उ माथि

 

तर उ स्वच्छ र सफेद छ र चाहिरहन्छ सफा नै हुन

यसरी सफा हुन आफै माथि लागेका दागहरू मेट्दा मेट्दै उ आफू च्यातिन नपाओस्

र अधुरो नहोस् देश बदल्ने कथा ....

 

 


SWOT Analysis of IOE,Paschimanchal Campus....an example of SWOT analysis in nepali context


STRENGTH

·         Running under only one constituent campus of Tribhuwan University in western Nepal.

·         Fascinated with various lab- equipment, own specified building and various facilities.

·         About 10% of faculty members are highly experienced and dedicated to their relevant subject.

·         Student studying under this department are high-ranked holders in IOE Entrance Exam.

Special message for my friend in his wedding day

In the day of conjunction of two different lives to a single rigid layout in the presence of divine ,
I wish the day
to be milestone for fulfillment of your expectation towards the life,Wishing upcoming days to be conglomerate of love,joy and success.I congratulate for the wedding and wishes you all the best for your upcoming conjugal life.

टेलीफोन

गौतम बुद्ध सन्देश राष्ट्रिय साप्ताहिक वर्ष २ - अंक ११ मा प्रकाशित

मस्त निन्द्रामा थिए बिहानै फोन बज्यो ,दुइ पटक सम्म अलर्म भनेर इग्नोर गरे ।बजारमा चलेको एउटा
नेपाली गीत मनपरेपछी त्यो गीत नै मेरो मोबाईलको रिङ्गटोन , मेसेजटोन , अलर्मटोन सबै बनेको थियो । त्यसैले के बजेको नहेरी चिनिदैन्थियो । आवाज बन्द गर्न बल्लबल्ल आँखा उघारेर हेरे मोबाईल ,बल्ल ४:१० बजेको रहेछ , मोबाईलमा दुइ वटा मिसकल देखे, अलर्म ५ बजेको थियो । पत्रकारितामा लागे देखी घर को लागि छुटाएको नम्बरमा घर तिरै को नम्बर बाट बिहानै फोन आएपछी कौतुहलता हुँदै थियो,फेरी सोही नम्बर बाट कल आयो । उठाए, उताबाट हड्बड गर्दै बोले र भने बाबु राती सुमन लड्यो अस्पताल ल्याको छ , तिमी आजै आउ । सुमन अर्थत मेरो भाई । बा आमा र भाई पाल्पा घरमा बस्नुहुन्थ्यो । म तमाम नेपाली जस्तै अवसरको खोजिमा राजधानी छिरेर यतै पत्रकारिता गर्दैथे ।

सानदार जबर्जस्त जिन्दाबाद!

केहि स्वर्णिम शब्दहरु लेख्नका लागी स्वर्णपत्र,ताम्रपत्र वा शिलालेख चाहिदैनन्, यस्ता कुराहरु ह्रदयभित्रै लेखिन्छन् । यस्तैगरि मेरो ह्रदय भरि आजकल लेखिएका छन् दशरथ माझी र उनको कार्यहरु । 
दशरथ माझीका बारे वर्ष अगाडि पत्रिकामा पढेको थिए । उनको बारेमा धेरै नजान्दा नजान्दै पनि उनीप्रति श्रद्घावान थिए । केहि दिन अगाडि उनी उपर बनेको चलचित्र हेरेपछि उनि प्रतिको सम्मान भाव ह्वात्तै बढेर आयो । करिब २२ वर्ष लगाएर ७२ कि.मि. दुरीलाई १ कि.मि. मा परिणत गर्नु जति पुजनिय छ त्यति नै पुजनिय छ उनको दृढ संकल्प,संघर्ष र सहास । सिभिल इन्जिनियरिङका बाटो निर्माणका बिभिन्न चरणलाई एक्लै डोराउदै समाजका अवरोधलाई भत्काउदै सफलता चुम्न सफल उनी मानवता भित्रको सकारात्मक भावका पराकाष्ट हुन् र प्रभुका प्रतिमुर्ति हुन् । आफ्नो प्रेम र समाज सेवा प्रति उत्पन्न भएको एउटा सकारात्मक पागलपनले मानव जिवनलाई स्वतं सफल बनाउछ भन्ने कुरालाई छर्लङ्ग बनाएका माझी प्रति म कृतज्ञ छु र उनको त्यो कार्यलाई नमन गर्दछु । यस्ता राम्रा विषयमा चलचित्र बनाउने टिमलाई पनि धेरै धेरै धन्यबाद । प्रकृतिले मेरो धन्यबाद उनीहरुलाई माझ पुर्याओस् । सबैलाई सानदार,जबरजस्त, जिन्दाबाद ।

Updated: We have changed our introductory picture

कबिता

ए पश्चिमी हो,
पठाएकौ छौ है, आफ्ना चाडपर्व,  धर्म,इभ,सिभ सबै
अनि किन नपठाको नि
आफ्नो मेहनतपना,
विकास,प्रगती र दक्ष्यता।
हामीले मनाइदिएकै थियौ तिम्रा त्यी नासोहरु
विर्सिएरै भएनी हाम्रा नया वर्ष, औशी पुर्णिमाहरु
यत्तिले नि नपुगेर क्यार्न तान्छौ हाम्रा मान्छे उतै तिर
अनि फकाउछौ,लुकाउछौ र हराइदिन्छौ उतै उतै ।
ह्या लैजाउ तिम्रो चाड,पर्व, उत्सब र धर्मसर्म
अनि सके पठाउ तिम्रा बिकास र मेहेनतका केहि अंश
यहि नि नसके फर्काउ मेरा दाजु,दिदी  हरु
तिम्रा भ्यालेन्टाइन,हग डे मनाउन नजान्ने हाम्रा आमाहरु आमा खुवाउने औशी पर्खिरहेछन् ।।।