कविताः एउटा सेतो कागज - क्षितिज








एउटा सेतो कागज ,जो चाहन्छ दुनिया उ जस्तै सफेद होस्
निस्कलङ्क र बेदाग भएर उ स्वच्छ कलमद्वारा आफूमाथि लेखाऊन चाहन्छ देश बदल्ने कथा

तर अफसोस रगत र काला धुवाले लत्पतिएका कलमहरुले
उ माथि आफूखुसी बनाउछन सुर्य र तारा का बिम्ब हरु

तारा चम्किदा उ माथि जबर्जस्ती बनाईन्छ सुर्य 
घाम चर्किदा उ माथि जबर्जस्ती बनाईन्छ तारा
र खबर फैलाइन्छ कि उ समय भन्दा उल्टो छ


आफूमाथि लागेका दाग हरु मेटाउदै जब उ तंग्रिएर सफा हुन्छ
फेरी रङ र भातका जुठो हरु पुछिन्छ टिस्यू बनाएर उ माथि

तर उ स्वच्छ र सफेद छ र चाहिरहन्छ सफा नै हुन
यसरी सफा हुन आफै माथि लागेका दाग हरु मेट्दा मेट्दै उ आफु च्यातिन नपाओस्
र अधुरो नहोस देश बदल्ने कथा ....


1 comment: