मन्त्रीहरु को लिस्ट मा थपिएको गगन फ्लेबर

२०७३-भाद्र-१२
करिब महिना दिन पहिला गठन भएको पुष्पकमल दाहाल नेतृत्वको सरकारको ढिलो गरि भएको बिस्तार पछि गगन कुमार  थापाको स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री रुपमा प्रवेश भएको छ । समकालीन राजनैतिक पार्टीहरुमा उनी सरह वा कनिस्टहरु भू.पु. मन्त्री भैसके पनि उनलाई उनको पार्टीको विभिन्न उल्झन र युवा प्रति अनुधार नीतिका कारण यो अवसर ढिलो प्राप्त भयो।गगन संगै काठमाडौँ क्षेत्र न:४को निर्वाचनमा उनीसंगै प्रतिस्पर्धा गरेर पराजित भएका नन्दबहादुर पुन नेपालको उपराष्ट्रपति जस्तो गरिमामय पदमा निर्बाचित भए पनि उनलाइ कृषि तथा जलस्रोत नामक संसदीय समितिको सभापति बाहेक कुनै सार्बजनिक पद प्राप्त भएको थिएन। पार्टीको केहि महिना अगाडी भएको महाधिवेशनमा छुट्टै प्यानल खडा गरि महामन्त्रीमा उमेदबार नबनेको भए गुठगत आधारमा भएको यही सत्तारोहणमा पनि उनि अझै ढिलो हुनेथिए ।

 
विद्यार्थी आन्दोलन ,नेपाल विद्यार्थी संघको महामन्त्री ,राजतन्त्र बिरोधि जनआन्दोलनमा उत्साहपुर्बक सहभागिता ,उत्कृष्ट भाषण र तार्किक शैलीले जनता मा छुट्टै छाप बनाएका गगन वर्तमान राजनीति का एक आशा गरिएका अनुहार हुन् हुनत गनगन मात्र गर्ने ,गुन्डा को संरक्षणमा ध्यान दिएको ,पार्टी भित्र कमजोर रहेको र बोलि जस्तो व्यवहार नभएको भनेर उनको नकारात्मक टिप्पणी नहुने गरेको चाई होइन। जलश्रोत र कृषि समितिमा बसेर काम गरेको आधारमा उनले यसै सम्बन्धि नै कुनै मन्त्रालय लिन खोजेको थिए भन्ने संचार माध्यमहरु ले बताए पनि अन्तरदलिय र गुठगत भाग भण्डा मिलाउने क्रम मा उनलाई स्वास्थ्य मन्त्रालय प्राप्त भएको छ ।
स्वास्थ्य सम्बन्धि अध्ययन गरेको नभए पनि हरेक कुरालाई सुझबुझ संग हेर्ने शैली भएको भनिएकाले पनि नेपालको वर्तमान स्वास्थ्य अवस्था र यसमा गर्न सकिने सुधारको बारेमा उनि जरुर जानकार हुनुपर्छ । हुनत स्वास्थ्य क्षेत्रमा उनि केहि समय देखि जोडिएकै छन् ।जनता क्लिनिक नामक अभियानको एक सस्थापक को रुपमा उनि र उनको सस्थाले स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ डा गोबिन्द के सीले गरेको स्वास्थ्य क्षेत्र सुधार सम्बन्धि आन्दोलनमा उनको समर्थन रहेको र आन्दोलन जायज रहेको भनि वकालत गर्दै आएका थापा अब मन्त्रीस्थरबाट उनको माग पुरा गर्न कसरि लाग्छन हेर्न बाकी नै छ । स्वास्थ्य क्षेत्रमा रहेको अभाव ,ब्यतिथि,अराजकता र स्वास्थ्य सेवामा सबैको पहुच पुर्याउनु आजको आवस्यकता हो। नेपाल आम जन निकै ठुला र पचास वर्ष पछि परिणाम आउने परियोजना हरु भन्दा सरल,साना तर छिट्टै परिबर्तन महसुस हुने कार्यमा आजभोली बढि चासो राख्छन । त्यसैले अल्पकालीन ,मध्यकालीन र दिर्घकालिन योजना सहित प्रस्तुत हुनु पर्ने देखिन्छ ।  बिभिन्न पूर्व मन्त्री हरुले गरेका सकारात्मक काममा समर्थन र तारिफ गर्न पछि नपर्ने उनि अब आफै मैदानमा पुगेपछि के गर्ने हुन् भनेर चासो हुनु स्वभाविक नै हो । मर्यादाका लागि मात्र मन्त्रीलाई दिईएको पदहरु ओगटेर बस्न नहुने ,उद्घाटन लगायतका उत्पादन रहित कार्यक्रममा भाग लिन नहुने भन्ने तर्क राख्ने उनीसंग जनता त्यस्तै किसिमको अपेक्क्षा राख्छन । सस्तो लोकप्रियता ,कार्यकर्ताको पोषण र गोएब्बेल्स शैली को झुटो प्रचार गरेर जनतालाई गुमराहमा राखेर सत्तामा रहनु त हुदै भएन अनि सकिदैन र गर्न दिदैनन भने सत्ता छोडेर जनतामा जाने अनि अझै बलियो भएर फर्कने केजरिवाल शैली पनि गगन लाई शोभा दिदैन अनि प्रचण्डले पहिलो पटक  प्रधानमन्त्री हुदा कार्य अनुभवको कमि ले काम गर्न सकिन भनेर माफी माग्न नि नमिल्ला जसरि हुन्छ केहि गरेर फर्कनै पर्ने बद्यता छ गगन लाई । निकै लामो समय देखि भर गरिएका र आशाका नजर ले हेरिएक गगन को यो परीक्षा सफल रहोस । मन्त्रीको लिस्टमा थपिएको यो नाम ले मिठो फ्लेबर र सम्झना लायक बनेर बिदा होउन ।बधाई तथा सुभकामना सबैको तर्फबाट।Top of Form

No comments:

Post a Comment